अर्थ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १० अङ्कले घटेर ४७० दशमलव ३१ मा पुगेको छ ।  फ्लोट सूचक शून्य दशमलव ७७ अङ्कले घटेर १८५ दशमलव ८५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ५८ अङ्कले घटेर १५९ दशमलव ४३ मा रहेको छ ।

आज विभिन्न कम्पनीका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर रु पाँच अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घटेको छ । आज ७७ कम्पनीको सेयर बढ्यो भने १९३ कम्पनीको सेयर घट्यो ।

त्यसैगरी सात कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, भूगोल हाइड्रोपावर साल्पा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, गरी एनसिसी डिबेञ्जर, नेपाल इन्भेष्टमेन्ट बैङ्क डिबेञ्चर, एनबिबिएल डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्