खेलकुद
एनभीएलको पहिलो संस्करणको अक्सनमा १२९ खेलाडीलाई समावेश गरिने
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको अक्सनमा १२९ खेलाडीलाई समावेश गरिने भएको छ ।
एनभीएलले बुधबार अक्सनमा क्याटोगरी ‘ए’ मा ५६ र क्याटोगरी ‘बी’ मा ७३ खेलाडी रहने जानकारी दिएको हो । अक्सन आइतबार हुँदैछ ।
क्याटोगरी ‘ए’ का खेलाडीको न्यूनतम मूल्य १ लाख र अधिकतम मूल्य १ लाख २० हजार रुपैयाँ रहनेछ । यसैगरी, क्याटोगरी ‘बी’ का लागि न्यूनतम मूल्य ५० हजार र अधिकतम मूल्य ७० हजार रुपैयाँ तोकिएको छ ।
यसअघि नै मार्की खेलाडी तथा प्रशिक्षक सार्वजनिक भइसकेको छ । नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग र केडिया ग्रुपको आयोजनामा हुन लागेको फ्रेन्चाइज पुरुष भलिबल लिगमा ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बहुद्देश्यीय कभर्ड हलमा भदौ १२ देखि २० गतेसम्म हुँदै छ ।