खेलकुद

सहिद कपमा महिला टि–२० क्रिकेटमा रौतहट तथा पर्सा विजयी

जनकपुर । जनकपुरधाममा जारी सहिद कप महिला टी–२० क्रिकेट लिग प्रतियोगितामा अन्तर्गत आज भएको दुई खेलमा रौतहट र पर्सा जिल्ला विजयी भएका छन् ।

जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रङ्गशालामा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा जारी सहिद कप अन्तर्गत आज बिहान भएको खेलमा बारा महिला क्रिकेट टिमलाई रौतहट जिल्ला महिला क्रिकेट टिमले ४२ रनले पराजित गर्दै विजयी भयो ।

पहिलो व्याटिङ्ग गरेर रौतहट क्रिकेट टिमले २० ओभरको खेला ७ विकेटको क्षतिमा १२१ रन बनाएको थियो । रौतहट तर्फबाट मोनिका ३८, प्रतीक्षा सिंह २०, भूमि सिंह १५ रन बनाएका थिए । रौतहटका तर्फबाट आरुसी गुप्ताले ३ र प्रतीक्षा साहले २ विकेट लिएका थिए ।

१२२ रनको लक्ष्यसहित खेल मैदानमा उत्रेका बारा महिला क्रिकेट टिमले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ७९ रन मात्र बनाएर रौतहटसँग ७९ रन मात्र बनायो । बाराका तर्फबाट अलिशा यादव २९, प्रियङ्का यादव १७, बनाएका थिए । बाराका तर्फबाट भूमि सिंह २ र चाँदनी खातुन २ विकेट लिएका थिए ।

यसै गरि आजै भएको दोस्रो खेलमा पर्साले सर्लाहीलाई ८७ रनले पराजित गरेको छ । पर्साले २० ओभरमा २ विकेटको क्षतिमा १६३ रन बनाएका थिए । १६४ रनको लक्ष्य सहित व्याटिङ्ग गर्न आएका सर्लाही जिल्लाले १६.१ ओभरमा २ विकेटको क्षतिमा ७६ रन बनाएर पर्सासँग ८७ रनले पराजित भएको छ ।

सर्लाहीका तर्फबाट श्रीया थापा १८, तोफा खातुन ११, समी समीले ११ रन बनाएका थिए । यस अघि पर्सा जिल्ला महिला क्रिकेट टिमका सिवानी साह ६४, साना प्रविन २१ र प्रज्ञा क्षेत्री ३९ रन बनाएका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्