खेलकुद

विराट गोल्डकप फुटबल : सम्राट स्पोर्टिङ फाइनलमा

मोरङ । विराट गोल्ड कप फुटबलको ३८औँ संस्करण अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा सम्राट स्पोर्टिङ क्लब विराटनगर फाइनलमा प्रवेश गरेको छ ।  

विराट गोल्डकप फुटबल ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा भएको आजको खेलमा सम्राटले चर्च व्वाइज युनाइटेड क्लब काठमाडौँलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । सम्राट स्पोर्टिङका लागि सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले गोल गरेका थिए ।

खेलको प्लेयर अफ दी म्याच सम्राट स्पोर्टिङका सौरभ तामाङ घोषित भई रु ११ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी थिए । विराटनगर गोल्डकपको विजेताले रु ११ लाख, उपविजेताले  रु पाँच लाख, उत्कृष्ट प्रशिक्षकले रु १५ हजार, उत्कृष्ट गोल रक्षकले रु १५ हजार, सर्वाधिक गोलकर्ताले रु १५ हजार तथा सर्वोकृष्ट खेलाडीले रु ५१ हजार पुरस्कार प्राप्त गर्ने छन् । ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगिताको फाइनल खेल शनिबार सम्राट स्पोर्टिङ र झापा–११ बीच हुने छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्