राजनीति

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, पाँच जना मन्त्रीले लिए शपथ

बागमती । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज नेपाली काँग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गरी मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री बानियाँले आज सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभात तामाङ, युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ र सहकारी तथा गरिबी निवारण मन्त्रीमा बिनु रायमाझीलाई नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरूलाई आज एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शपथग्रहण गराउनुभयो ।

यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले सोही दिन नौ सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको थियो । यसअघि मुख्यमन्त्री बानियाँको सिफारिसमा काँग्रेसबाट शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री र कृष्णा तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बन्नुभएको थियो । मन्त्री अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवार दिइएको छ ।

मुख्यमन्त्री बानियाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मधुसूदन पौडेललाई कृषि तथा पशुपक्षी विकास मन्त्री, डा.दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्री, भरत केसीलाई वन तथा वातावरण मन्त्री, जयराथ थापालाई श्रम तथा यातायात मन्त्री, बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्