मनोरंजन

परन्तप र लिजालाई मोडल हन्ट नेपालको उपाधि

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’ को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जित्नुभएको छ। भण्डारी पुरुष र श्रेष्ठ महिलातर्फका विजेता घोषित भएका हुन् ।

दुवै विजेताले पाँच लाख रुपियाँ बराबरको पुरस्कारबाहेक आगामी डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

विजेता भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगरसहित तीन र श्रेष्ठले कमर्सियल मोडेलको उपाधिसमेत हात पारेका छन् ।

सो कार्यक्रममा पुरुषतर्फ प्रथम रनरअप अनुस्कृत न्यौपाने, सेकेन्ड रनरअप सुशान्त प्रजापति चुनिनुभयो । महिलातर्फ फस्ट रनरअप प्रियङ्का ओली र सेकेन्ड रनरअप खुसी बोहरा घोषित भए ।

२६ महिला र १६ पुरुष गरी ४२ प्रतियोगी रहेको फाइनलमा मस्ट पपुलर मनिष ओली र काया थापा, मस्ट स्टाइलिस सुशील थापा मगर र काया थापा, बेस्ट पर्सनालिटी अनुष सक्सेना र उगेश्ना तिमल्सिना, बेस्ट वाक अस्निका ठकुरी, पब्लिक च्वाइस सुशान्त प्रजापति र प्रियङ्का ओली बनिन ।

यसै गरी मस्ट फोटोजेनिक सुशान्त प्रजापति र कृशला सङ्गत, बेस्ट फिजिक्स र बेस्ट फिगर सिम्रन कार्की, कमर्सियल मोडेल अनुस्कृत न्यौपाने, बेस्ट कन्टेन्ट क्रिएटर सृष्टि न्यौपाने बन्न सफल हुनुभयो । निर्णायक मण्डलमा माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, राजभाइ सुवाल, हिमाञ्चलराज केसी, विनय जोशी, रमिला नेम्कुल र मनिष राई रहेका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्