नेपाल

बाजुराको पहिरोले कर्णाली करीडोर अवरुद्ध

बाजुरा । बाजुराको कर्णाली करिडोर अवरुद्ध बनेको छ । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको जगन्नाथ गाउँपालिका –५ भुकाखोला सडकको माथिबाट पहिरो खसेपछि कर्णाली करिडोर सडक अबरुद्ध बनेको हो ।

पहिरोका कारण यात्रुबाहक बसमा क्षति पुगेको छ । सुर्खेतबाट हुम्लातर्फ जादै गरेको भे १ ख २८३१ नं. को बसमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बस गुडि रहेको बेला माथिबाट पहिरोसँगै आएको ढुङ्गाले बसको अगाडि भागमा लागेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेश शाहीले बताउनभुयो ।

उहाँले भन्नभुयो, “बस क्षति भए पनि चालकसहित ७ जना सवार यात्रुहरु सकुशल रहेका छन् । अवरुद्ध सडक सञ्चालनको लागि जिल्ला प्रहरी कार्यालय बाजुरा मातहत प्रहरी चौकी जुड्डीबाट प्रहरी टोली घटनास्थलमा पुगेर पहिरो हटाउने कार्य जारी छ ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्