एक्सक्लुसीभ

सडक सुचारु, रोकिएका सवारीसाधन गन्तव्यतिर

चितवन । जोखिम कम गर्न राति रोकिएका सवारी साधनलाई विहान ६ बजेबाट गन्तव्यतर्फ पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजधानी काठमाडौं, पोखरा जान तथा आउन राति ९ बजेपछि चितवनको सडक बन्द गरिएको थियो ।

मुग्लिन नारायणगढ र मुग्लिनदेखि काठमाडौंको सडक राति यात्रा गर्न जोखिम भएको भन्दै चितवनको सडकमा होल्ड गरिएको थियो । राति होल्ड गरिएको सवारीसाधन आज विहान ६ बजेबाट गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो । नारायणगढबाट पोखरा र काठमाडौं जाने सवारीसाधन नारायणगढको आपटारीमा रातभर रोकिएको थियो ।

पोखरा तथा काठमाडौंबाट तराइ आएका सवारी साधन चितवनको सिमाना मुग्लिनलगायतको स्थानमा राति रोकिएको थियो । पूर्व पश्चिम राजमार्ग भने यथावत सञ्चालन भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्