खेलकुद

वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाः फाइनल प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । आज नेपालले वेस्ट इन्डिजसँग फाइनलमा प्रतिस्पर्धा गर्दैछ। एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारेको नेपालले आज फाइनल खेल्न लागेको हो। नेपाल वेस्ट इन्डिजलाई पहिलो खेलमा १९ र दोस्रो खेलमा ९० रनले पराजित गर्दै नेपालले युनिटी कप टी-२० शृङ्खलामा २-० को जित निकालेको हो।

फाइनल प्रतिस्पर्धा सयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा मंगलबार राति ८:१५ बजे सुरु हुँदैछ। शृङ्खला जित हात पारिसकेको नेपाले फाइनलमा जित निकाल्दै सिरिज ‘क्लीन स्वीप’ गर्न चाहन्छ। सोमबारको खेलपछि नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिजविरुद्धको सिरिजमा क्लीन स्वीप गर्ने लक्ष्य रहेको बताएका छन्।

दोस्रो खेलमा सोमबार नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो। पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो।

सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो। वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए। उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रन बनाए। यस्तै, एकिम अगष्टले १७ तथा अमिर जांगो १६ रन जोडे।

नेपालको लागि आदिल आलमले ४ विकेट लिए। यस्तै, कुशल भुर्तेलले तीन, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७३ रनको योगफल बनाएको थियो।

नेपालका लागि आसिफले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन बनाए। यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए।

यता वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई दुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.