नेपाल

शपथग्रहण समारोहमा सभामुख र राष्ट्रिय सभाका अध्यक्ष अनुपस्थित

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईबाहेक अन्य नेता देखिनु भएन ।साथै, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी हुनु भएन ।

शितल निवासमा शुक्रबार आयोजित शपथ ग्रहण कार्यक्रममा उहाँहरुको सहभागिता देखिएन । सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सभामुख घिमिरेको स्वास्थ्य अवस्था ठीक नभएको र सुरक्षाका कारण त्यहाँ अनुपस्थित रहनुभएको हो । यद्यपि उहाँलाई शपथ ग्रहण कार्यक्रमको निम्ता भने आएको उहाँले जानकारी दिनुभयो ।

आज दिउँसो सभामुख घिमिरे र अध्यक्ष दाहालले संंयुक्त बक्तव्यमार्फत संविधानवाद भन्दा बाहिर जान नहुने अपिल गर्नुभएको थियो । संवैधानिक प्रक्रियाअनुसार मुलुकको निकास खोज्न उहाँहरुले आग्रह गर्नुभएको थियो ।

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, विभिन्न देशका कूटनीतिज्ञहरु र नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.