इमिग्रेशन अपडेट

अष्ट्रेलियामा राष्ट्रवादी लहर : आइतबार खुल्ला आप्रवासन नीति विरुद्ध मार्च फर अष्ट्रेलिया

सिड्नी । खुल्ला आप्रवासन नीतिका कारण तीन मध्ये एक अष्ट्रेलियालीहरु पहिले बेलायतबाट, त्यसपछि भारत, चीन, त्यसपछि न्यूजील्याण्ड र दक्षिण एशियाका अन्य देशहरुबाट बसाइँ सरेर आएका हुन् ।

दशकौं लामो खुल्ला आप्रवासन नीतिका कारण अष्ट्रेलियामा आप्रवासीहरुको बाहुल्यता बढेको छ । र अष्ट्रेलियालीको राष्ट्रवादी समूहले यसको अन्त्य हुने समय आएको दावी गर्न थालेको छ।

मार्च फर अष्ट्रेलियाका आयोजकहरूले “खुल्ला आप्रवासन नीति सामूहिक बसाइँ सराइले अष्ट्रेलिया खतरामा रहेको बताउदै अष्ट्रेलियाको पहिचान पुन: प्राप्तिको लागि यसको अन्त्य हुनु पर्ने भन्दै प्रदर्शनमा सहभागी हुन् आह्वान गरिरहेका छन् ।

विगत एक दशकमा अष्ट्रेलियामा दक्षिण एशियाली विशेष गरि भारतीयहरुको बसाइँसराइ सबैभन्दा बढी बढेको छ र यो समुदाय मार्च फर अष्ट्रेलियाले आफ्ना सदस्यहरूमा पार्ने प्रभावको बारेमा चिन्तित छन् ।

भिक्टोरियाको सिख अन्तरधार्मिक परिषद्का उपाध्यक्ष जसबीर सिंह सुरोपाडाले मेलबर्नवासीहरूलाई यस सप्ताहन्तमा आयोजना हुने मार्च फर अष्ट्रेलियाबाट बच्न अनुरोध गरेका छन्।

जसबीर सिंह सुरोपाडाले संचार माध्यमलाई भने कि उनी विरोध गर्ने अधिकार बुझ्छन्, तर उनी भन्छन् कि आयोजकहरूले यस सप्ताहन्तमा मार्चहरूमा “विदेशी झण्डा नराख्न” आह्वान गर्नु चिन्ताजनक छ।

“यदि तपाईंलाई विरोध गर्ने अधिकार छ भने, हामीलाई विरोध गर्ने अधिकार किन छैन? यसको पछाडि को को छन् र उनीहरूको एजेन्डा के हो?।”

मार्च फर अष्ट्रेलिया आन्दोलनको पछाडि को छ भन्ने बारेमा धेरै तथ्य सार्वजनिक छैन तर यसका आयोजकहरूले यो मार्च राष्ट्रवादी, देशभक्त र अष्ट्रेलियालीहरूको ग्रासरुट गठबन्धन भनेका छन् ।

आफूलाई “साम” भनेर चिनाउने र मार्च आयोजकहरू मध्ये एक भएको दाबी गर्ने एक महिलाले च्यानल सेभेन संग भनिन्, ‘म आफैं र अन्य सबै राज्यका आयोजकहरूले यो कार्यक्रम शान्तिपूर्ण, अहिंसक, गैर-आक्रामक र सामूहिक आप्रवासनको विरुद्धमा उभिएका तपाईंका औसत अष्ट्रेलियालीहरूको समूह मात्र होस् भन्ने चाहन्छु।’

मार्च फर अष्ट्रेलियाको सामाजिक संजालमा आन्दोलनले ज्ञात अल्ट-राइट समूहहरूसँगको सम्बन्धलाई अस्वीकार गर्दछ र यसका आयोजकहरूले राजनीतिक पृष्ठभूमिका विविध दायराहरूको प्रतिनिधित्व गर्ने बताएको छ।

टर्बन्स ४ अष्ट्रेलियाका संस्थापक र २०२३ अष्ट्रेलियाली लोकल हिरोका संस्थापक अमर सिंहले संचार माध्यमलाई भने, ‘निर्धारित विरोध प्रदर्शन अष्ट्रेलियाली बहुसांस्कृतिक समाज माथिको आक्रमण हो ।’

अमर सिंह भन्छन, ‘म यो विरोध प्रदर्शन आयोजना गर्ने मानिसहरूलाई आफ्नो अडानमा पुनर्विचार गर्न हार्दिक आग्रह गर्दछु। म ३१ तारिखमा काम गर्न बाहिर निस्केका र काम गर्न लागेका अन्य मानिसहरूलाई पनि यो कुरा अगाडि बढ्यो भने सावधान रहन चेतावनी दिन चाहन्छु, किनकि यस प्रकारको घृणा उचित होइन।’

रेस्टुरेन्टमा कार्यरत नेपाली मुलकी संगीता न्यौपानेले भनिन्, ‘म विद्यार्थी हुँ र सप्ताहन्तमा बढी काम गर्छु, मलाई थाहा छैन के हुनेवाला छ। तर यो डरलाग्दो पनि छ।’

गृहमन्त्री टोनी बर्कले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो सामाजिक एकतालाई विभाजन गर्न र कमजोर पार्न खोज्ने मानिसहरूको लागि कुनै ठाउँ छैन। यी र्‍यालीहरू विरुद्ध आधुनिक अष्ट्रेलिया साथमा उभिनेछ – अष्ट्रेलिया भन्दा ठुलो केहि हुन सक्दैन।’

समरण रहोस अष्ट्रेलियाले खुल्ला आप्रवासन नीतिलाई पछ्याउदै सहभागिता दर र श्रमशक्तिको आकार बढाउने आफ्नो लक्ष्य अनुरुप यस वर्ष १,८५,००० मानिसहरूलाई अष्ट्रेलिया बसाइँ सर्ने अवसर प्रदान गरेको छ ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.