नेपाल

वीरगञ्जमा हैजा सङ्क्रमितको संख्या १३२ पुग्यो

वीरगञ्ज । वीरगञ्जमा गएको शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जनामा फैलिएको छ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार बुधबार साँझ ६ बजेसम्म नयाँ १०६ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भएका छन्।पछिल्लो परीक्षण रिपोर्ट अनुसार हैजाको सङ्क्रमण पुष्टि हुने बिरामीको संख्या १३२ पुगेको छ ।

वीरगञ्जका विभिन्न अस्पतालमा अहिले झाडापखाला र हैजा पुष्टि भएका गरेर २७१ जना बिरामी उपचाररत छन्।हैजाको सङक्रमण पुष्टि भएका १३२ जना मध्ये ५६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.