डायस्पोरा

विभाजन मुक्त एकिकृत गैर आवासिय नेपाली अभियान मेरो मुख्य मुद्धा हो : सतेन्द्र साह

लस-एन्जलस । गैर आवासिय नेपली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी सतेन्द्र साहले अमेरिकामा नेपाली समुदाय विभाजित र कलहको कारण बढ्दो नेपाली राजनीतिको प्रभाव मुख्य कारण रहेको बताउदै आप्रवासन र समाजिकिरण मार्फत समुदायलाई एकिकृत गर्ने विषय आफ्नो कार्यकालको मुख्य मुद्धा भएको बताएका छन् ।

लस एन्जलसमा शनिवार www.thehimalayanvoice.com Integration Through Media ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै साहले नेपाली नागरिकता निरन्तरताको लागि प्रमुख राजनीतिक दलसंग संबिधान संसोधनमा यो मुद्धा प्रभावकारी रुपले उठाउन पनि आफु केन्द्रित हुने बताए ।

स्थानिय दर्जन संघ संस्थाका प्रतिनिधिहरुको जिज्ञाशामा साहले भने, ‘हजारौ नेपाली विधार्थी र न्युन आय भएका सदस्यलाई भै परि आउदा आर्थिक राहत दिने कोष सदस्यता शुल्कको सानो अंसबाट परिचालित गरिने छ ।’

टिम सतेन्द्रका उपाध्यक्ष मोहन वाइवा र महाचिव मोहन न्यौपानेले संघको वर्तमान नेतृत्वको लापरबाहीले संघ प्रतिको समुदायको धारणा नकारात्मक बनेको र सदस्यता संख्या घट्दै गएको बताए ।  कोषाध्यक्ष रबिन्द्र उप्रेतीले संघ भित्र आर्थिक पारदर्शिता नभएको र संघ समुदायका हक हितमा क्रियाशील स्थानिय संघ संस्था प्रति जवाफदेही हुन नसकेको भन्दै टिम सतेन्द्रको नेतृत्वको संघले धेरै होइन केहि उदाहरणीय कार्य गर्ने दावी गरे ।

महिला संयोजक करिना कुवरले एन आरएनए प्रति महिला र दोस्रो पुस्ताको भरोशा नरहेको भन्दै आफ्नो कार्यकालमा महिला र दोस्रो पुस्ता जोड्ने कार्यक्रम मार्फत उनीहरुलाई जोड्नेछु ।

अवैतनिक वाणिज्य दुत ऋषि ढकाल, पशुपतिनाथ बुद्ध मन्दिरका अध्यक्ष बिमल श्रेष्ठ, नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्नियाका सभापति मदन पाठकले टिम सतेन्द्रलाई खादा लगाएर अग्रिम विजयको शुभकामना दिएका थिए ।

कार्यक्रममा समुदायका अगुवा भक्त थापा, राजेन्द्र सिवाकोटी, कृष्ण कोइराला, मा अध्यक्ष दिनेश शाह, रामचन्द्र लामिछाने, रामबाबु पाण्डे, युबराज ओली, झमक निरौला, राजेश निरौला, अमृत महतो, बाश बिशु लगायतले पनि टिम सतेन्द्रलाई शुभकामान दिएका थिए ।

www.thehimalayanvoice.com Integration Through Media का सम्पादक पुरुषोत्तम ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रम समुदायका अगुवा नबिन पोखरेलले संचालन गर्नु भएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.