राजनीति

एमाले पोलिटब्यूरो बैठकः उपाध्यक्ष पौडेलको विधान संशोधन प्रस्तावमा छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमा छलफल भइरहेको छ । हालसम्म ३२ जना पोलिटब्यूरो सदस्यले प्रतिवेदनमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको छ । अब ४० जना सदस्यले बोल्न बाँकी छ ।

सचिवालय बैठकबाट पारित अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन पोलिटब्यूरो बैठकले अनुमोदन गर्ने उहाँले जानकारी दिनुभयो ।

आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन आयोजना गर्ने कार्यक्रम छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.