इमिग्रेशन अपडेट

जर्मनीले ८१ अफगानीलाई उनीहरूको देश फिर्ता पठायो

बर्लिन । जर्मनीले शुक्रबार दर्जनौं अफगानीलाई उनीहरूको देशमा फर्काएको छ। तालिबान सत्तामा फर्किएपछि यो दोस्रो पटक हो । बर्लिनमा आप्रवासनमाथि कडा नीति अपनाउने नयाँ सरकारले सत्ता सम्हालेपछि दर्जनौं अफगानीलाई उनीहरूको देशमा फर्काएको यो पहिलो पटक हो।

जर्मन अधिकारीहरूले शुक्रबार बिहान ८१ जना अफगानीहरू बोकेर उडेको बताएका छन्। ती सबै अफगान नागरिकहरु शरणार्थी आवेदनहरू अस्वीकृत भएका थिए।

जर्मन चान्सलर फ्रेडरिक मर्जले कतारको सहयोगमा देश निकाला गरिएको र त्यसअघि हप्तौंसम्म वार्ता भएको बताए। उनले अफगानिस्तानसँग सम्पर्क भएको बताए, तर विस्तृत रूपमा जानकारी दिन चाहेनन् ।

जर्मनीको अघिल्लो सरकारले २०२१ मा तालिबान सत्तामा फर्किएपछि पहिलो पटक अफगानी नागरिकहरूलाई उनीहरूको मातृभूमिमा फिर्ता गरेको थियो। तत्कालीन चान्सलर ओलाफ स्कोल्जले शरणार्थी आवेदन दिन असफल भएकाहरूको निर्वासनलाई तीव्र पार्ने वाचा गरेका थिए।

मर्जले स्पष्ट पार्दै भने, ‘जर्मनी र अफगानिस्तान बीचको कूटनीतिक सम्बन्ध औपचारिक रूपमा तोडिएको छैन, तर बर्लिनले काबुलमा रहेको तालिबान सरकारलाई मान्यता दिँदैन।’

ब र्लिनमा एक पत्रकार सम्मेलनमा मर्जले भने, ‘निर्णायक प्रश्न यो हो कि यस शासनलाई कसरी व्यवहार गर्ने र यो अर्को सूचना नभएसम्म प्राविधिक समन्वयमा रहनेछ।’ पेरिस भ्रमणमा रहेका विदेशमन्त्री जोहान वाडेफुलले भने, ‘तालिबान सरकारसंग सम्बन्ध विस्तार छैन र तालिबान शासनलाई मान्यता पनि छैन।’

जर्मनीको गृह मन्त्रालयले अफगानीहरुलाई थप देश निकाला गर्ने लक्ष्य राखेको बताएको छ । तर त्यो कहिले हुन्छ भनेर तोकेको छैन।

मर्जले फेब्रुअरीमा सम्पन्न जर्मनी चुनावमा आफ्नो अभियानको मुख्य मुद्धा कडा आप्रवासन नीति बनाएका थिए।

यसै बर्षको मे महिनाको सुरुमा उनले पदभार ग्रहण गरेलगत्तै सरकारले सीमामा थप प्रहरी तैनाथ गर्‍यो । पूर्ववर्ती सरकारले सुरु गरेको सीमा जाँचलाई तीव्र बनायो र जर्मनमै स्थायी बसोबास गर्न खोज्ने शरणार्थीहरूलाई फिर्ता पठाइने बताएको थियो। यसले धेरै आप्रवासीहरूको पारिवारिक पुनर्मिलन पनि स्थगित गरेको छ ।

जर्मनीमा शरण आवेदनहरू २०२३ मा ३,२९,१२० बाट घटेर गत वर्ष २,२९,७५१ पुगेको छ र यस वर्ष पनि घट्ने क्रम जारी छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.