इमिग्रेशन अपडेट

ब्राजिलियन नागरिक लिन टाभरेस डेबारोसलाई ग्रीन कार्ड बेचेको आरोपमा सजाय

बोस्टन । बोस्टनस्थित अमेरिकी एटोर्नीको कार्यालयले नागरिकता तथा आप्रवासन नियोग (युएससिआईएस)को सहयोगमा ब्राजिलियन नागरिक लिन टाभरेस डेबारोस जुनियरलाई निर्वासन पछि गैरकानूनी रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गरेको, सामाजिक सुरक्षा कार्ड र स्थायी बसोबासको अनुमति (ग्रीन कार्ड) बेचेको आरोपमा सजाय सुनाइएको छ ।

बोस्टनस्थित अमेरिकी एटोर्नीको कार्यालयले ४० वर्षीया लिन टाभरेस डेबारोस जुनियरलाई पाँच महिनाको जेल सजाय सुनाइएको र त्यसपछि दुई वर्षको सुपरिवेक्षणमा रिहा गरिएको घोषणा गरेको छ। सजाय पूरा भएपछि उनलाई देश निकाला गर्न सकिनेछ।

टाभरेस डेबारोसलाई यसअघि जुलाई २०१० मा संयुक्त राज्य अमेरिकाबाट निर्वासित गरिएको थियो। उनलाई हटाइएको केही समयपछि, उनी गैरकानूनी रूपमा संयुक्त राज्य अमेरिकामा पुन: प्रवेश गरेका थिए ।

नागरिकता तथा आप्रवासन नियोग (युएससिआईएस)ले २०२४ को मध्यतिर, कानून प्रवर्तन निकायलाई टाभारेस डेबारोसले आफ्नो पहिचान लुकाएर कागजातहरू बेचिरहेको जानकारी दिएको थियो।

अक्टोबर २०२४ मा, टाभरेस डेबारोसले नगद $२५० को सट्टामा एक शुरक्षा अधिकारीलाई नक्कली सामाजिक सुरक्षा कार्ड र ग्रिन कार्ड बेचेका थिए । डिसेम्बर २०२४ मा, टाभरेस डेबारोसले $५०० को सट्टामा अर्का अनुसन्धान अधिकारीलाई दुई थप नक्कली सामाजिक सुरक्षा कार्ड र दुई ग्रिन कार्ड बेचेका थिए ।

डेबारोस बसेको घरको खानतलासी गर्दा तीनवटा सामाजिक सुरक्षा कार्ड, साथै डेबारोसको नाममा थप नक्कली कागजातहरू फेला परेको थियो ।

डेबारोसको किर्ते धन्दाको अनुसन्धान होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनको डकुमेन्ट एण्ड बेनिफिट फ्रड टास्क फोर्स (DBTF) द्वारा गरिएको थियो, जुन विभिन्न राज्य, स्थानीय र संघीय एजेन्सीहरूका कर्मचारीहरू मिलेर बनेको एक विशेष अनुसन्धान समूह हो जसमा विभिन्न प्रकारका कागजात, पहिचान र लाभ ठगी योजनाहरूमा संलग्न संस्थाहरू र व्यक्तिहरूलाई पत्ता लगाउन, निरुत्साहित गर्ने कार्यमा अनुसन्धान गर्दै आएको अमरिकी नियोग हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्