राजनीति

देउवा समूहले ५औँ महाधिवेशनका लागि पाँच प्रदेशका ५५ जिल्लामा तोक्यो संयोजक

काठमाडौं । कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशनका लागि पाँच प्रदेशका ५५ जिल्लामा संयोजक तोकेको छ। देउवा समूहले कोशी र मधेश प्रदेशका कुनै जिल्लामा पनि संयोजक तोकेको छैन ।

देउवा पक्षले अगाडि बढाएको १५औँ महाधिवेशन तयारी समितिका आयोजक पूर्वमहामन्त्री डा. शशांक कोइरालाले जिल्लाका संयोजक तोकेका हुन्। आगामी मंसिर २१ देखि २३ गतेमा हुने महाधिवेशनको तयारीका लागि जिल्ला संयोजक तोकिएको कोइरालाले बताए ।

१४औँ महाधिवेशनबाट निर्वाचित अधिकांश जिल्ला सभापति संस्थापन पक्षमा उभिएपछि देउवा पक्षले समानान्तर अधिवेशनका लागि संयोजक तोकेको हो । संस्थापन समूह भने अहिले वडा र पालिका अधिवेशनमा लागेको छ ।

बागमती प्रदेशको दोलखामा ताराकुमार खड्का, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल विक,नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौंमा जयकृष्ण महर्जनलाई संयोजक तोकिएको छ ।

गण्डकी प्रदेशको गोरखामा भूगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्की ऋषीराम काफ्‌ले, मनाङमा नाचोड गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, स्याङ्जामा, म्याग्दीमा हिराबहादुर पुन मगर, बाग्लुङमा सागर छन्त्याल र नवलपुरमा अशोक वस्ताकोटी छन् ।

लुम्बिनी प्रदेशको नवलपरासीमा विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्यामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा वेदबहादुर थापा, रुकुम पूर्वमा दत्तबहादुर बस्नेत, प्यूठानमा ईश्वरसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डे छन् ।

कर्णाली प्रदेशको डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम वुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यवबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा र सुर्खेतमा ललित भट्टराई छन् ।

सुदुरपश्चिम प्रदेशको बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेल्धुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेमबहादुर डगौरा थारु छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्