राजनीति

प्रधानमन्त्री शाह र न्यूजिल्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे न्यूजिल्याण्डका प्रधानमन्त्री लक्सनलाई जानकारी गराउनुभएको छ।

प्रधानमन्त्री शाहले बाढीपछि बेपत्ता भएका विदेशी नागरिकको खोजीलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै पाँच जना न्यूजिल्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकको खोजीका लागि भइरहेको प्रयासबारे अवगत गराउनुभएको हो।

उहाँले न्यूजिल्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा क्षति तथा नोक्सानीबापतको वित्तीय सहयोगका लागि न्यूजिल्याण्ड सरकारको रचनात्मक सहयोगका लागि आग्रहसमेत गर्नुभएको छ।

टेलिफोन वार्ताका क्रममा न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्यूजिल्याण्ड सरकार तथा जनताको तर्फबाट दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनुभएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्