राजनीति

कांग्रेस १५औँ महाधिवेशन असोज १६-१९ हुने घोषणा

भदौ २४ गते छ हजार ७४३ वटै वडामा अधिवेशन, भदौ २७ गते गाउँ-नगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज ३ गते एकमात्र क्षेत्र भएको जिल्ला अधिवेशन, असोज ७ गते जिल्ला अधिवेशन, असोज १० गते प्रदेश अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गरिने कार्यतालिका रहेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४ देखि सुरु हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले आज एक विज्ञप्ति जारी गरी १५औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।

निर्वाचन समितिका अनुसार भदौ २ देखि १० गतेसम्म निर्वाचन प्रतिनिधि अभिमुखीकरण, भदौ ११ गते जिल्लामा निर्वाचन अधिकृत खटाउने, भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाउने, भदौ १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण तालिम, भदौ मसान्तभित्र बाँकी रहेका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तोकिएको छ ।

भदौ २४ गते छ हजार ७४३ वटै वडामा अधिवेशन, भदौ २७ गते गाउँ-नगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज ३ गते एकमात्र क्षेत्र भएको जिल्ला अधिवेशन, असोज ७ गते जिल्ला अधिवेशन, असोज १० गते प्रदेश अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गरिने कार्यतालिका रहेको छ ।

निर्वाचन समितिका अनुसार हालसम्म अमेरिका, जापान, फ्रान्स, दक्षिण कोरियालगायत १५ वटा देशका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्