अर्थ
याङ्की उक्याब लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
काठमाडौँ । सरकारले भोजपुरमा जन्मिएकी याङ्की उक्याब लाई लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान सल्लाहकार दीपा दाहालले आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको जानकारी दिइन्।
उक्याब एक विकास अर्थशास्त्री हुन् र उनी सार्वजनिक नीतिको क्षेत्रमा विशेषज्ञता राख्छिन्। उनले अक्सफोर्ड विश्वविद्यालयबाट ‘मास्टर अफ पब्लिक पोलिसी’को उपाधि हासिल गरेकी छिन्।
यसअघि उनले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्यासिफिक क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा काम गरिसकेकी छिन्।