राजनीति

कप्तानगञ्ज घटनाका घाइते मेहताको उपचारको क्रममा मृत्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको गोलीकाण्डमा गम्भीर घाइते भएका रविन्द्र मेहताको काठमाडौँमा उपचारको क्रममा निधन भएको छ।

गोली लागेपछि गम्भीर घाइते हुनुभएका मेहताको प्रारम्भिक उपचार विराटनगरमा गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)रेफर गरिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिनुभयो।

मेहताको निधनको खबरले देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रमा शोक छाएको अध्यक्ष मेहताले बताउनुभयो। स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। स्थानीय विवेक मेहताका अनुसार यस घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्