इमिग्रेशन अपडेट

‘आइस विरुद्धको प्रदर्शनमा भीड नियन्त्रण गर्न हतियारहरूको दुरुपयोग गरियो’

'चार्टिङ द क्र्याकडाउन" शीर्षकको प्रतिवेदन अनुसार, अन्तर्राष्ट्रिय संस्थाहरू र उत्पादकहरू यस कुरामा सहमत छन् कि भीड नियन्त्रण गर्ने हतियारहरू मानिसको टाउकोमा कहिल्यै प्रहार गरिनु हुँदैन। जब हामी मानिसहरूको टाउकोमा प्रहार गर्ने खालका वस्तु (इम्प्याक्ट प्रोजेक्टाइल) ले हानिएका घटनाहरू देख्छौं, यसले ती हतियारहरू कसरी प्रयोग गरिनुपर्छ भन्ने नियमहरूको उल्लंघन भएको देखाउँछ।'

लस एन्जलस। फिजिसियन्स फर ह्युमन राइट्स र युसी बर्कलेका चिकित्सकहरूहरूका अनुसार,आइस विरुद्धको पोर्टल्यान्डमा भएको प्रदर्शनमा भीड नियन्त्रण गर्न हतियारहरूको ‘दुरुपयोग’ गरिएको प्रतिवेदन सार्वजनिक भएको छ।

गत वर्षभरि र यो बर्ष पनि देशभरका विभिन्न सहरहरूमा आप्रवासन नीतिको विरोधमा दिनुह जसो प्रदर्शनहरू भएका थिए । ती प्रदर्शनहरू कतिपय अवस्थामा हिंसात्मक बने र प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन संघीय अधिकारीहरूले पटक-पटक अश्रुग्यास तथा ‘पेपर बल’ जस्ता भीड नियन्त्रण गर्ने हतियारहरूको प्रयोग गर्दै आएका छन् ।

जुन २०२५ देखि मे २०२६ को अवधिमा, युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कले र ‘फिजिसियन्स फर ह्युमन राइट्सका अनुसन्धानकर्ताहरूले १३ वटा राज्यमा संघीय तथा स्थानीय सुरक्षा निकायहरूद्वारा भीड नियन्त्रण गर्ने हतियारहरूको “दुरुपयोग” गरिएका ४१२ घटनाहरू प्रतिवेदनमा ऊलेख गरेका छन्।

गत साता सार्वजनिक गरिएको उनीहरूको प्रतिवेदन अनुसार अधिकांश घटना अमेरिकाको पाँचवटा मूख्य सहरहरू पोर्टल्यान्ड, मिनियापोलिस, लस एन्जलस, सिकागो र नेवार्कमा भएका थिए।

देशभर पुनः आइस बिरोधी प्रदर्शन र संघिय सरकारले आप्रवासनसम्बन्धी नियमहरूको कार्यान्वयन कडा पार्दै गर्दा यो प्रतिवेदन सार्वजनिक भएको हो।

प्रतिवेदनमा उल्लेख गरिएका बलको दुरुपयोगका ४१२ घटनामध्ये ३७ वटा पोर्टल्यान्डका प्रदर्शनहरूसँग सम्बन्धित थिए। यी घटनाहरू मुख्यतया प्रदर्शनकारीहरूमाथि लक्षित थिए। यी प्रदर्शनहरूमा पत्रकार, सर्वसाधारण र नाबालिगहरू पनि यसको चपेटामा परेका थिए। यी हतियारबाट प्रभावित शरीरका भागहरूलाई प्रायः “टाउको” वा “रासायनिक चोट” को रूपमा वर्गीकृत गरिएको थियो।

फिजिसियन्स फर ह्युमन राइट्स’की अनुसन्धान, कानुनी तथा पैरवी निर्देशक पायल शाहले सार्वजनिक भएको प्रतिवेदन बारे भनिन, ‘भीड नियन्त्रण गर्ने हतियारहरूको दुरुपयोगका कारण प्रदर्शनमा घाइते भएका विभिन्न व्यक्तिहरूका बारेमा हामीले धेरै सुन्दै आए पनि, वास्तवमा यसको कुनै व्यवस्थित अभिलेखन भइरहेको थिएन।’

प्रतिवेदन सार्वजनिक भए लगत्तै ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ (डिएचएस) का प्रवक्ताले भने, ‘गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको नजिक हुँदा प्रदर्शनकारीहरू जोखिमप्रति सचेत हुनुपर्छ। डिएचएसका अधिकारीहरूले “आफ्नो संवैधानिक अधिकारको प्रयोग गरिरहेका व्यक्तिहरूलाई हुने खतरा कम गर्न हरेक उचित सावधानी अपनाउँछन्।’

प्रतिवेदनका प्रमुख अनुसन्धानकर्ता स्कट रेनहाउटले भने, ‘चार्टिङ द क्र्याकडाउन” शीर्षकको प्रतिवेदन अनुसार, अन्तर्राष्ट्रिय संस्थाहरू र उत्पादकहरू यस कुरामा सहमत छन् कि भीड नियन्त्रण गर्ने हतियारहरू मानिसको टाउकोमा कहिल्यै प्रहार गरिनु हुँदैन। जब हामी मानिसहरूको टाउकोमा प्रहार गर्ने खालका वस्तु (इम्प्याक्ट प्रोजेक्टाइल) ले हानिएका घटनाहरू देख्छौं, यसले ती हतियारहरू कसरी प्रयोग गरिनुपर्छ भन्ने नियमहरूको उल्लंघन भएको देखाउँछ।’

प्रतिवेदनका प्रमुख अनुसन्धानकर्ता स्कट रेनहाउटका अनुसार सार्वजनिक भएको प्रतिवेदनले प्रक्रियागत दुरुपयोगको अनुगमन गरेको छ।

यद्यपि घटनास्थलको परिस्थितिलाई हेर्दा, भीड नियन्त्रण गर्ने हतियारहरूको प्रयोग ‘समानुपातिक वा आवश्यक’ थियो कि थिएन भन्नेबारे अनुसन्धानकर्ताहरूले मूल्याङ्कन नगरेको देखिन्छ ।

रेनहाउटले भने, ‘यो निकै हदसम्म व्यक्तिपरक निर्णयको विषय हो । यस्तो प्रकृतिको बल प्रयोगको मूल्याङ्कन गर्न धेरै बढी स्रोतसाधन आवश्यक पर्ने कुरा पनि थपे। यही सीमितताका कारण, देशभर अभिलेखीकरण गरिएका ४१२ घटनाहरू वास्तविक संख्याभन्दा कम भएको छ।’

अनुसन्धानकर्ताहरूले मुख्यतया शारीरिक चोटपटकमा ध्यान केन्द्रित गरे तर उनीहरूले भीड नियन्त्रणमा प्रयोग हुने हतियारबाट हुने तर मनोवैज्ञानिक असर, रसायनको दीर्घकालीन सम्पर्कबाट हुने प्रभाव वा श्रवणशक्तिमा पुग्ने क्षतिको मापन र अध्यन गरेनन्।

डिएचएसका प्रवक्ताले भने कि आइस अधिकारीहरूलाई “जनता र हाम्रा अधिकारीहरूको सुरक्षालाई प्राथमिकता दिँदै खतरनाक परिस्थितिहरू समाधान गर्न आवश्यक पर्ने न्यूनतम बल प्रयोग गर्न” प्रशिक्षित गरिएको हुन्छ।

प्रतिवेदनमा उल्लेख गरिएका बल प्रयोगका घटनाहरू प्रायः संयुक्त राज्य अमेरिकाभरि सञ्चालित ठूला-ठूला संघीय आप्रवासन प्रवर्द्धनहरु, शिकागोमा ‘अपरेसन मिडवे ब्लिट्ज’ र मिनेसोटामा ‘अपरेसन मेट्रो सर्जका कारण भएका विरोध प्रदर्शनहरूका क्रममा घटेका थिए।

डीएचएसले ओरेगन र दक्षिण-पश्चिम वासिङ्टनमा सन् २०२५ को सेप्टेम्बर २७ देखि मार्च १ सम्म सञ्चालन गरेको ‘अपरेसन ब्ल्याक रोजले १,१०० भन्दा बढी आप्रवासन-सम्बन्धी गिरफ्तारी र धेरै विरोध प्रदर्शनहरूलाई निम्त्यायो।

सार्वजनिक गरिएको प्रतिवेदन अनुसार अनुसन्धानकर्ताहरूले पोर्टल्यान्डमा अश्रु ग्यासजस्ता रासायनिक उत्तेजक पदार्थहरूको सबैभन्दा बढी दुरुपयोग भएको पाए।

रेनहाउटले भने, ‘विशेष गरी पोर्टल्यान्डको सन्दर्भमा व्यवस्थापन गर्न गाह्रो भएको एउटा कुरा त्यहाँ प्रयोग गरिएका रासायनिक उत्तेजक पदार्थ र धुवाँको अत्यधिक मात्रा थियो। यसले दिन होस् वा रात, भइरहेका घटनाहरू पहिचान गर्ने कार्यलाई साँच्चै नै निकै जटिल बनाइदियो।’

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्