नेपाल
बझाङको सुँगरेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
बझाङ । बझाङ जिल्लाको सुँगुरेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
केदारस्युँ गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमानामा पर्ने कांडाचौरबाट चुवापन गइरहेको जिप सुँगरे भन्ने ठाउँमा आज दिउँसो सडकबाट करिब २५० मिटर तल खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्गाथली गाउँपालिका–६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली–६ च्वाबनकी केला देवी धामी, सोही स्थानका चक्र महत तथा केदारस्यूँ गाउँपालिका–७ की विमला देवी धामी रहेका छन् ।