साहित्य

लाल गोपाल सुवेदी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा निर्वाचित

लस एन्जलस । साहित्यकार तथा कवि लालगोपाल सुवेदी ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ (अनेसास) को अध्यक्षमा निर्वाचित हुनुभएको छ।

त्यसैगरी, शुक्रबार सार्वजनिक निर्वाचन परिणामअनुसार तारा अधिकारी वरिष्ठ उपाध्यक्ष, राजु सिटौला महासचिव र शकुन ज्ञवाली उपाध्यक्ष (अमेरिका) मा निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा राजेन्द्र केसी, डा. पारसमणि दंगाल, हरिमाया अधिकारी, महेश्वर पन्त र मीरा कोइराला रहनुभएको छ।

यसैगरी, दिनेशराज ज्ञवाली, राज श्रेष्ठ, डा. प्रकाश पौडेल, ऋषभराज घिमिरे र पुष्पा खनाल क्रमशः उपाध्यक्ष (एसिया), उपाध्यक्ष (युरोप), उपाध्यक्ष (ओसियाना), सचिव र कोषाध्यक्षमा निर्वाचित भइसक्नुभएको छ।

विगत तीन दशकदेखि क्रियाशील यो संस्था विश्वभर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, संरक्षण र विकासमा समर्पित संस्था हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्