नातिबाब भट्ट, कोलोराडो । नेपाली भाषिक एकताका नायक आदिकवि भानुभक्तको २१३ औँ जन्म जयन्ति अमेरीकाको कोलोराडोमा एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरि मनाइने भएको छ ।
ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडो र कोलोराडो नेप्लिज कम्यूनिटीको आयोजनामा कार्यक्रम प्रस्तोता, लेखक तथा सञ्चार विश्लेषक अच्युत घिमिरे तथा मदन पुरस्कारबाट सम्मानित नेपाली साहित्यका महाकाव्यकार नवराज लम्सालको समुपस्थितीमा उक्त कार्यक्रम हुनलागेको हो ।
भानुभक्त आचार्य नेपाली भाषाका प्रथम महाकवि भएकाले उहाँलाई “आदिकवि” को उपाधि दिइएको छ । उनको जन्म तनहु जिल्लाको चुँदी रम्घामा भएको थियो। संस्कृतमा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम जनतासम्म पुर्याएकोले भाषीक एकतामा उनको सबैभन्दा ठूलो योगदान मानिन्छ। संस्कृतको वाल्मीकि रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपाली साहित्यलाई जनस्तरसम्म पुर्याइ उनले नेपालमा भाषिक एकता गरेका थिए । नेपाली भाषा र साहित्यको विकासमा अतुलनीय योगदान भएकाले उनको जन्मदिनलाई हरेक वर्ष भानु जयन्तीका रूपमा नेपाल तथा विश्वभरका नेपालीभाषी समुदायले मनाउने गरेका छन् ।
आगामी जुलाइ १८ तारिक शनिवारका दिन बेलुका ५ बजेदेखी 9995 E. Colfax Ave. Aurora स्थित The people’s Bulding मा आयोजना हुन लागेको कार्यक्रममा सहभागी भइ नेपाली भाषा साहित्यका महान हस्तिहरूका रचना प्रस्तुति कलाको रस स्वादन गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको सम्बर्धन र विश्वव्यापीकरणमा साथ दिनुहुन आयोजक संस्थाहरूले कोलोराडो निवासी सबै नेपालीभाषी जन समुदायलाइ अनुरोध गरेका छन् ।
कार्यक्रममा अमेरीकामा जन्मे हुर्केका बाल बालिकाहरूले रामायण वाचन गर्ने छन् । त्यसैगरी प्रश्तोताहरूले लाइभ म्युजिकको तालमा आफ्ना रचनाहरू श्रोता दर्शकमाझ पस्कने कार्यक्रम रहेको बृख गुरूङले बताएका छन् । उनले संभव भएसम्म सहभागीहरूलाइ RSVP गरिदिनुहुन अनुरोध गरेका छन् ।
कार्यक्रमका विशेष व्यक्ति अच्युत घिमिरे नेपाली सञ्चार क्षेत्रका परिचित पत्रकार, कार्यक्रम प्रस्तोता, लेखक तथा सञ्चार विश्लेषक हुन् । उहाँ विशेषगरी रेडियो र टेलिभिजनमा गम्भीर, साहित्यिक तथा बौद्धिक शैलीका कार्यक्रम सञ्चालनका लागि परिचित छन् । श्रुती संवेग, र बुलबुल कार्यक्रम मार्फत नेपाली साहित्य, कविता, गजल, कथा र सिर्जनात्मक अभिव्यक्तिलाई श्रोतामाझ पुर्याएर लोकप्रिय भएका छन् । उनको सशक्त वाचन, स्पष्ट उच्चारण र भावपूर्ण प्रस्तुतीका कारण यो कार्यक्रम धेरै श्रोतामाझ लोकप्रिय बनेको थियो।
त्यसैगरी मदन पुरस्कारबाट सम्मानित नवराज लंम्साल नेपालीभाषा साहित्यका सशक्त कवि, महाकाव्यकार, कुशल प्रश्तोता, गीतकार, लेखक तथा प्रशासक हुन् । उनका सरल संवेदनशील र विचारप्रधान लेखन शैलीका कारण नेपाली साहित्यमा विशिष्ट पहिचाहन बनाउन सफल भएका छन् । यिदुइ नेपालीभाषा साहित्यका खम्वाहरूको उपस्थितीले कार्यक्रमलाइ धेरैपछि सम्म स्मरणिय बनाउने आयोजकहरूको दावी रहेको छ ।