राजनीति

रुपन्देही । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशस्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा अहिले नै बाम एकताको कुरा कुनै नभएको तर सहकार्यको लागि समन्वय गरेको बताउनुभएको छ । 

बाम एकताको लागि तपाईँले समन्वय गरेको कुरा छ नि भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो– ‘बाम एकताभन्दा पनि काँग्रेस–एमाले–लगायत सबैसँग सहकार्यको कुरा हो, अहिले एकताको कुरा छैन, सहकार्यमा हामीले त्यसमा समन्वय गरिराखेका छौँ ।’

नेता प्रचण्ड नेकपाका सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेव खनालसहितका शीर्ष नेताहरूसहित बुटवलमा प्रदेशस्तरीय प्रशिक्षण तथा पार्टी एकतापछि पहिलो पटक शपथग्रहण कार्यक्रमका लागि बुटवलमा आउनुभएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्