नेपाल

न्यूनतम यात्रु अभावले कतिपय विमानस्थल नियमित सञ्चालन हुन सकेनन्:पर्यटनमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री खडकराज पौडेलले न्यूनतम यात्रु सङ्ख्याको अभावले सबै विमानस्थल नियमित रूपमा सञ्चालनमा ल्याउन नसकिएको स्पष्टिकरण दिनुभएको छ ।

बुधबार राष्ट्रिय सभा बैठकमा सांसदले विभिन्न जिल्लाका विमानस्थल सञ्चालनमा नभएको भन्दै मन्त्री पौडेलमाथि प्रश्न गर्नुभएको थियो । त्यसको जवाफ दिने क्रममा मन्त्री पौडेलले न्यूनतम यात्रु सङ्ख्या नभएका जिल्लाको विमानस्थल सञ्चालन गर्न नसकिएको स्पष्ट पार्नुभयो ।

उहाँले विमानस्थल सञ्चालनका लागि सरकारसँग जनशक्ति र उपकरणको अभाव नभएको दाबी समेत गर्नुभयो । मन्त्री पौडेलले सडकको सहज व्यवस्थाका कारण पनि हवाई यात्रुको अभाव हुने अवस्था आएको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालका अधिकांश विमानस्थल सञ्चालनको मुख्य समस्या यात्रुको अभाव हो । बसाइसराइ र सडक सञ्जाल विस्तारका कारण हवाई यात्रु घटेका छन् । आवश्यक न्यूनतम यात्रु सङ्ख्या सुनिश्चित भए प्राविधिक जनशक्ति र उपकरण उपलब्ध गराएर नियमित उडान सञ्चालनका लागि आवश्यक व्यवस्था गरिने छ ।”

मन्त्री खनालले विमानस्थलमा नियमित उडान भर्नका लागि जनशक्ति र उपकरण पठाउने कुरामा कुनै कमी नहुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्