नेपाल

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णुप्रसाद पौडेललाई सात दिन म्याद थप

काठमाडौँ। सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ पर्नुभएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप सात दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट जरुरी पक्राउ पुर्जी स्वीकृति एवं अनुसन्धान प्रयोजनका लागि म्याद थपका लागि अनुरोध भई आएकामा विशेष अदालतले मङ्गलवार (असार ९ गते) पहिलो पटक सात दिनको म्याद थप गरेको हो।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट उक्त म्याद थप गरिएको विशेष अदालत प्रशासन शाखाद्वारा जारी सूचनामा उल्लेख छ। अदालतको आदेशबमोजिम पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्