राजनीति

रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र आज सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज (मङ्गलबार) सुरु हुने भएको छ। प्रतिनिधि परिचयपत्र वितरण, नामावली प्रमाणीकरण र विवरण रुजु कार्य समयमै नसकिएकाले सोमबारका लागि तय गरिएको बन्दसत्र स्थगित गरिएको थियो।

पार्टीका प्रवक्ता मनीष झा का अनुसार प्रतिनिधिको आधिकारिक विवरण यकिन भएपछि मात्रै बन्दसत्र सञ्चालन गरिनेछ। पार्टीले आज दिउँसो १२ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी गरेको जनाएको छ।

बन्दसत्रमा विभिन्न प्रस्तावमाथि छलफल, नयाँ नेतृत्व चयन तथा पार्टीको भावी राजनीतिक कार्यदिशाबारे निर्णय हुने अपेक्षा गरिएको छ। सहमतिबाट नेतृत्व चयनको प्रयास जारी रहे पनि आवश्यक परे निर्वाचनमार्फत नेतृत्व चयन गरिने जनाइएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.