एक्सक्लुसीभ

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ, चैत  १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । पार्टीले आइतबार सिफारिस भएकाहरूको सूची  निर्वाचन आयोगमा बुझाउने भएको छ । 

बैठकले १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना  मधेसी तथा चार जना थारु ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकले ५७ जना सांसदको नाम टुङ्ग्याएर आइतबार नै निर्वाचन आयोगमा नामावली बुझाउने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार ४८ जना महिला र ९ जना पुरुषलाई समानुपातिकतर्फबाट सांसद बनाइने छ । जसमा खसआर्य १७, जनजाति १६, दलित ८, मुस्लिम ३, मधेसी ९ र थारू ५ जना गरी ५७ जना रहेका छन् ।

पार्टीले निर्वाचन आयोगमा बुझाएको नामावली भने तत्काल सार्वजनिक नगर्ने उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगमा नामावली बुझाएपछि आयोगले रुजु गर्ने र कानुनबमोजिम मिलेका नामावली आयोगले नै सार्वजनिक गर्ने उहाँको भनाइ छ । पार्टीले सिफारिस गरेका नामहरू राजनीतिक र कानुनी प्रक्रियाअनुसार आयोगले स्वीकृत नगरेसम्म त्यसलाई प्रस्तावित मात्र मान्न सकिने भएकाले तत्काल सार्वजनिक नगरेको उनले बताए ।

प्रवक्ता झाले भन्नुभयो, ‘हामीले निर्वाचन आयोगलाई आज नै तोकिएको समयसीमाभित्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ५७ जनाको नामावली बुझाउने निर्णय गरेका छौँ । जसमा खसआर्य १७, जनजाति १६, दलित ८, मुस्लिम ३, मधेसी ९ र थारू ५ जना हुनुहुन्छ । यसमा विधिले माग गरेबमोजिम ४८ महिला र ९ पुरुष रहनुभएको छ ।’ झाले रुजु र प्रमाणीकरणको प्रक्रिया सकिएपछि आयोगबाटै नामहरू सार्वजनिक हुने स्पष्ट परेका छन् ।

बैठकले निर्वाचन सम्पन्न गरेकोमा सरकार, सुरक्षा निकाय र निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिने निर्णय पनि गरेको छ । साथै, बैठकले अस्वस्थ रहनुभएका पार्टी सभापति रवि लामिछानेलगायतका नेताहरूको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.