डायस्पोरा

जापानमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला

टोक्यो । गैरआवासीय नेपाली संघको मुख्य आयोजनामा हरेक वर्ष जापानमा आयोजना हुँदैआएको नेपाल फेस्टिभलको १५ औं संस्करणका लागि स्टल बुकिङ खुला गरिएको छ ।

आउँदो जुलाई १८, १९ र २० का दिन टोक्योको ओडाइबामा हुने नेपाल फेस्टिभल सहभागी हुन चाहने सम्पूर्ण व्यवसायी, संघ–संस्था तथा उद्यमी महानुभावहरूलाई स्टल बुकिङ खुला गरिएको एनआरएनए जापानले अनुरोध गरेको छ ।

नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, उत्पादन तथा सेवाहरूलाई हजारौँ दर्शकमाझ आफ्ना उत्पादन, सेवा प्रस्तुत गर्ने सुनौलो अवसरका रुपमा नेपाल फेस्टिभल रहने गरेको छ ।

एनआरएएनले सीमित स्टल उपलब्ध भएकाले समयमै बुकिङ गर्न अनुरोध गर्दै नेपाली उत्पादन, परिकार, सेवा तथा व्यवसायलाई जापानी तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रवर्द्धन गर्ने उत्कृष्ट अवसर नगुमाउन अनुरोध गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्