डायस्पोरा

‘सनातन संस्कृतिको संगम श्री पशुपतिनाथ मन्दिरको श्रीमद् भागवत महापुराणमा स्वागतम’

लस-एन्जलस । श्री पशुपतिनाथ फाउन्डेसनले आगामी जुन १५ देखि २१, २०२६ सम्म श्री पशुपतिनाथ बुद्ध मन्दिर, नरवाक, क्यालिफोर्नियामा “श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ २०२६” आयोजना गर्ने भएको छ।

प्रख्यात भागवत वाचिका भागवत मञ्जरी श्री राधिका दासीको पावन प्रवचनसहित सञ्चालन हुने यस सप्ताहव्यापी कार्यक्रममा पूजा, आराधना, भजन, कीर्तन तथा विविध आध्यात्मिक गतिविधिहरू सम्पन्न हुनेछन्। कार्यक्रमले भक्तजन, परिवार तथा समुदायलाई आध्यात्मिक चेतना र सनातन सभ्यताको सांस्कृतिक एकतामा जोड्ने उद्धेश्य राखिएको आयोजकले बताएका छन् ।

मन्दिरका अध्यक्ष बिमल श्रेष्ठका अनुसार श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको छ । समुदायको भवन निर्माणको लागि अर्थ संकलनको समेत लक्ष राखिएको यो धार्मिक अनुष्ठानमा दक्षिण क्यालिफोर्नियाको सनातन धर्मालम्बीहरुको सहभागिताको लागि प्रत्यक्ष, सामाजिक संजाल र संचार माध्यम मार्फत निमन्त्रणा गरिएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा आउनु हुने श्रद्धालुहरुको लागि महापुराण श्रवण, पुजा र प्रसाद ग्रहणको ब्यबस्था गरिएको र यसको लागि मन्दिर ब्यबस्थापन र स्वयम् सेवकले आवस्यक सहयोग उपलब्ध गराइने छ । अध्यक्ष श्रेष्ठले यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण सनातनीहरुलाई श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सहभागी हुन निन्त्रण समेत गर्नु भएको छ ।

मन्दिरका सचिव तुलसी ज्ञवालीले पत्रकार सम्मेलनमा भने, ‘अमेरिकी व्यस्त जीवनशैली र पश्चिमको प्रभावले आफ्नो रुट, संस्कृति र सभ्यता भुल्दै गरेको बेला श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञले अध्यात्म, सनातन र पूर्वीय दर्सनसंग जोडिने अवसर दिनेछ ।’ सचिव ज्ञवालीका अनुसार सल्लाहकर समिति, संयोजन समिति, कार्यसमिति र विभिन्न उपसमिति मार्फत श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ भव्यताका साथ् सम्पन्न हुनेछ ।

यस महायज्ञको अर्को महत्वपूर्ण उद्देश्य दक्षिणी क्यालिफोर्नियामा निर्माण हुन लागेको नेपाली सांस्कृतिक तथा सम्पदा केन्द्र का लागि सहयोग संकलन गर्नु हो। उक्त केन्द्रले नेपाली भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यस कार्यक्रमका संयोजक श्री पशुपतिनाथ फाउन्डेशन यूएसएका तत्कालीन पूर्व अध्यक्ष श्री रामेश्वर भण्डारी हुनुहुन्छ भने फाउन्डेशनका अध्यक्ष श्री विमल श्रेष्ठले कार्यक्रमको नेतृत्व गरिरहनुभएको छ।

फाउन्डेशनले सम्पूर्ण समुदाय, संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई स्वयंसेवा, प्रायोजन तथा आर्थिक सहयोगमार्फत यस ऐतिहासिक अभियानलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.