डायस्पोरा

नेपाली मूलका प्रहरी अधिकृत प्रदीप तामाङकाे जर्जियामा गाेली हानि हत्या

जर्जिया। अमेरिकाको जर्जियामा नेपाली मुलका प्रहरी अधिकृत पदमा कार्यरत प्रदीप तामाङको हत्या भएकाे छ। आइतबार बिहान जर्जिया राज्यस्थित ग्विनेट काउन्टीमा स्टोन माउन्टेन क्षेत्रको एक होटलमा भएको गोलीकाण्डमा तामाङको हत्या भएकाे हो ।

आइतबार बिहान करिब ७:३० बजे होटलमा भएको ठगीसम्बन्धी उजुरीको अनुसन्धान गर्न सहकर्मी संगै तामाङ एमपीओ डेभिड रिड ‘होलिडे इन एक्सप्रेस’ होटल पुगेका थिए। होटलको कोठामा छलफलकै क्रममा ३५ वर्षीय केभिन एन्ड्रयूजले अचानक बन्दुक निकालेर गोली चलाएका थिए। त्यसक्रममा भएको गोली हानाहानमा तामाङ घटनास्थलमै मृत्यु भएको थियो ।

२५ वर्षीय प्रदीप तामाङ सन् २०२५ देखि साे काउन्टी प्रहरी विभागमा कार्यरत थिए। करिब १० वर्षअघि नेपालबाट अमेरिका आएका तामाङ यसअघि पेन्सिल्भेनियामा बसोबास गर्दै आएका थिए। उनका परिवारका सदस्य र मंगेतर पनि त्यहीँ रहेका छन्। प्रहरी विभागले तामाङको परिवारलाई जर्जियामा ल्याउने पहल गरिरहेको जनाएको छ।

काउन्टी प्रहरी प्रमुख जे.डी. म्याक्लुरले तामाङको निधनलाई “कर्तव्यमा समर्पित एक बहादुर प्रहरी अधिकारीको अपूरणीय क्षति” भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। काउन्टी अध्यक्ष निकोल लभ हेन्ड्रिक्सनले पनि समुदायलाई एकताबद्ध भई शोकसन्तप्त परिवारप्रति सहानुभूति प्रकट गर्न आग्रह गरेकी छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्