नेपाल

शनिबार राति लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले शनिबार राति लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बााकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको केही स्थानमा मध्यम वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

भोलि आइतबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्ग, हावाहुरीसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

पर्सी सोमबार देशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्