एक्सक्लुसीभ

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको ज्यामिरेमा भएको बस दुर्घटनामा १३ घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेको ओरालोमा बस अनियन्त्रित भई दुई वटा सवारी साधनसँग ठोक्किँदा १३ जना घाइते भएका छन् ।

बुधबार बिहान नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १९१० नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको प्र।१–०१–००१ ख ३७५९ नम्बरको अर्को बस र विपरीत दिशाबाट आइरहेको बा.प्र.०३–००१ ख १०४९ नम्बरको ट्रकसँग ठोक्किएर सडकमा पल्टिएको नवलपुर प्रहरीले जनाएको छ ।

उक्त बसमा सवार ४३ यात्रुमध्ये १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

घाइते हुनेहरूमा बर्दिया बासगढी नगरपालिका–५ की ३१ वर्षीया चन्द्रकला आचार्य, उहाँकी ५५ वर्षीया आमा जोमीसरा शर्मा, २० वर्षीय सञ्जिव थारु, ३१ वर्षीया निता थारु, उहाँकी ६ वर्षीया छोरी अनुशा तथा ३८ वर्षीय हरि दर्लामी मगर रहेका छन् ।

त्यस्तै, कैलाली टीकापुर नगरपालिका–१ की ४० वर्षीया कमला दमाई, बाँके राप्तीसोनारी गाउँपालिका–५ का ४४ वर्षीय पिमा थारु, कोहलपुर नगरपालिका–११ का २१ वर्षीय केशव शर्मा, सल्यान बनगाड कुपिण्डे नगरपालिका–३ की १९ वर्षीया चेतना पुन मगर, काभ्रे बनेपा नगरपालिका–१२ की २६ वर्षीया मुना भुजेल, तथा कैलाली घोडाघोडी नगरपालिका–१ सुखडकी २८ वर्षीया पुजा चौधरी र उहाँकी ७ महिनाकी छोरी क्रिसा घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ८ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ भने अन्यको विनयी त्रिवेणी आधारभूत अस्पताल दुम्किबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.