नेपाल

मुग्लिन नारायणगढ सडकखण्ड र काठमाडौं जाने पृथ्वी राजमार्गमा सवारी साधन चलाउन रोक

धादिङ्ग लगायतका छिमेकी जिल्लाहरु तथा यस जिल्लाका विभिन्न स्थानहरुमा समेत पानी पर्न थालेको र पानी पर्ने क्रम अझै बढ्ने पूर्वानुमान रहेको भन्दै रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलाई ध्यानमा राखेर राती १० बजेदेखि सवारी चालउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन नारायणगढ सडकखण्ड र काठमाडौं जाने पृथ्वी राजमार्गमा आज राति १० बजेदेखि सवारी साधन चलाउन रोक लगाएको छ।

आज साँझ कार्यालयले एक सूचना जारी गर्दै राति १० बजेदेखि अर्को सूचना नभएसम्मका लागि सवारी चलाउन रोक लगाएको जनाएको छ।

धादिङ्ग लगायतका छिमेकी जिल्लाहरु तथा यस जिल्लाका विभिन्न स्थानहरुमा समेत पानी पर्न थालेको र पानी पर्ने क्रम अझै बढ्ने पूर्वानुमान रहेको भन्दै रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलाई ध्यानमा राखेर राती १० बजेदेखि सवारी चालउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

प्रशासन कार्यालयले आवागनमा नहुने असहजता प्रति क्षमा मार्ग्दै सुरक्षित स्थानमा सवारी राख्न र रहन अनुरोध गरेको छ ।

थप सूचना, सहयोग, समन्वय एवम् सहजीकरणका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका निकायमा सम्पर्कमा रहन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले भरतपुरतर्फबाट जाने सवारी साधनलाई भरतपुरको केन्द्रीय बसपार्क, आँपटारी, रामनगर जुगेडी लगायतका क्षेत्रमा रोकिने जानकारी दिए ।

उनका अनुसार काठमाण्डौंबाट पोखरा र नारायणगढतर्फ आउने सवारी साधनलाई मुग्लिन,कुरिनटारमा र पोखराबाट आउने सवारी साधनलाई तनहुँ तिर नै विभिन्न ठाँउमा रोक्न समन्वय गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्