मनोरंजन

मगर समुदायको मौलिक परिवेशमा आधारित चलचित्र “इहिरी” र “द रिचुअल”को प्रदर्शन हुँदै

काठमाडौं । दाङको चलचित्रकर्मीहरुद्वारा स्थानीय रुपमै निर्मित चलचित्र, “इहिरी” र “द रिचुअल” को काठमाडौं थापाथलीमा शनिबारदेखि एक सातासम्म विशेष प्रदर्शन हुँदैछ। 

रोल्पाको मगर समुदायको मौलिक परिवेशमा आधारित यी चलचित्र दाङको चलचित्रकर्मी विशाल रोका मगरले निर्देशन गर्नुभएको छ । काठमाडौंमा निर्मित  चलचित्रहरुले मात्र मुलधार प्रदर्शनी पाउने हालसम्म अवस्था भएको र लामो समयदेखि नेपालका विभिन्न स्थानहरुमा त्यहिका बिषयवस्तु र स्थानीय भाषा, समाजलाई प्राथमिकता बनाई चलचित्र निर्माण हुँदैआएका छन्। यी चलचित्रहरु नयाँ दर्शक र अवसरको पर्खाइमा छन्।

प्रदर्शन हुन लागेको “द रिचुअल” यसअघि भक्तपुर फिल्म फेस्टिबल र काठमाडौं हरर फिल्म फेस्टिबलमा पनि छनौट भएको थियो। द रिचुअल समाजमा सहरी तिब्रताबिच दोधारमा परेको स्थानीय रीतिथितिको विषयमा केन्द्रित छ । यसमा मगर समुदायको झाक्री परम्परालाई स्तम्भ मानी कथावस्तु बनाइएको छ। अर्को चलचित्र इहिरि पहिलो पटक प्रदर्शन हुन लागेको हो।

रोल्पाको उपल्लो क्षेत्रमा छायाङ्कन भएको झन्डै १० बर्षको प्रयासबाट निर्माण सम्पन्न भइ प्रदर्शन हुन लागेको हो। रोल्पाको खाम मगर समुदायको जिवनशैलिलाई कथानक विषय स्वरुप यसमा देखाइएको छ।

निर्देशक मगर यसअघि बनाएको  ‘लाहुरेनी र द गोर्खा गर्ल डकुमेन्ट्रीबाट चर्चामा आउनुभएको थियो । सो चलचित्रले २०२१ को फिल्म साउथ एशियामा पुरस्कार प्राप्त गरेको थियो।

सिनेमा अफ दाङ नामकरण गरी प्रदर्शन हुन लागेका यी चलचित्र थापाथली अवस्थित ऐरावत पिक्चर हाउसमा प्रदर्शन हुनेछन्। पिक्चर हाउस डक्स्कुलद्वारा स्थानीय चलचित्र र युवा चलचित्रकर्मीलाई प्रवर्धन गर्ने हेतुका साथ जनवरी महिनाबाट सञ्चालनमा ल्याइएको छ। उक्त चलचित्र जेष्ठ १–७ सम्म सञ्चालनमा रहनेछ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.