साहित्य

बेल्जियममा वसन्त पराजुलीको उपन्यास ‘बखान’ को युरोपेली लोकार्पण

आन्त्वर्पेन । पत्रकार एवं आख्यानकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ को युरोपेली लोकार्पण बेल्जियमको एन्टवर्प सहरमा आइतबार सम्पन्न भएको छ।

बेल्जियम तथा युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्साल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माई, अनेसास युरोप सहसंयोजक पञ्चम अधिकारी, अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारंजित, पूर्वअध्यक्षहरू विमल गिरी र दीपेन्द्र केसी, साहित्यकार ब्रह्मदत्त वाग्ले, गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष कमल पन्थी लगायतले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो।

कार्यक्रममा पुस्तकबारे बोल्दै राजदूत लम्सालले उपन्यासको ऐतिहासिक पक्षका साथै चितवनको बस्ती विकासको इतिहास समेटिएको कृति लोकार्पण गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गर्दै लेखक पराजुलीकृत पुस्तक पठनीय रहेको धारणा राख्नुभयो।

लेखक वसन्त पराजुलीको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै आख्यानकार पञ्चम अधिकारीले चितवनको पत्रकारितामा चर्चित पराजुली आख्यान विधामा पनि उत्कृष्ट रूपमा स्थापित भएको बताउनुभयो।

अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारंजितको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि लोकनाथ शर्माको मुक्तकसंग्रह ‘परदेशमा गुमनाम’ शीर्षक पुस्तक पनि विमोचन गरिएको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.