राजनीति

रास्वपा नवलपरासीका सभापति काँग्रेसमा प्रवेश

नवलपरासी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका सभापति महेन्द्रसेन ठकुरीले नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ। नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले बर्दघाटको चौपत्तामा आयोजना गरेको आमसभामा उपस्थित भएर उनी काङ्ग्रेस प्रवेश गर्नुभएको हो ।

काँग्रेसका उपसभापति विश्वप्रकास शर्मा र यस क्षेत्रका उम्मेदवार बिनोद चौधरीले उहाँलाई पार्टीमा स्वागत गर्नुभएको हो ।

रास्वपाबाट टिकट नपाएपछि ठकुरी असन्तुष्ट बनेका थिए ।सोही कारण उनी काँग्रेस प्रवेश गरेको बुझिएको छ । यो क्षेत्रमा काँग्रेस त्याग्नु भएका संविधानसभा सदस्य विक्रम खनाल रास्वपाका उम्मेदवार हुनुहुन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्