नेपाल

सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु

सुनसरी । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको मार्बल लोड गरिएको ट्रक बिहीबार बिहान हुलाकी राजमार्ग अन्तर्गत भोक्राहा नरसिंह–८ फुलचौक जाने बाटोमा सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा ५ जना मजदुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर १ का बासिन्दा रहेको मृत्यु हुनेमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेका छन् ।

दुर्घटनाग्रस्त ट्रकमा चालकसहित कुल ९ जना सवार थिए । अगाडि क्याबिनमा बसेका ४ जनामध्ये ३ जना सामान्य घाइते भएका छन् र उनीहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ।

दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.