एक्सक्लुसीभ

नेपाली कांग्रेस संकट: सभापति देउवासहित शीर्ष नेता परामर्शमा

काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने सन्दर्भमा बिहीबार परामर्श गरेका छन् । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा १५ औँ महाधिवेशनको मिति र कार्यतालिकामा सहमति जुटाउन कांग्रेस नेता दिनभरि नै संवादमा जुटेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि तय भए पनि नेताहरू आन्तरिक परामर्शमा रहेका कारण मङ्सिर १४ गतेका लागि सारिएको छ । केन्द्रीय कार्यसमितिमा नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्ने भन्ने सन्दर्भमा दुई धार देखिएपछि सहमतिका लागि सभापति शेरबहादुर देउवाले छुट्टाछुट्टै छलफल गर्नुभयो । उहाँले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित नेतासँग छलफल गर्नुभयो ।

त्यसअघि सभापति देउवाले कार्यवाहक सभापति खड्कासहित संस्थापन पक्षका नेतासँग परामर्श गर्नुभयो । छलफलमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, उमाकान्त चौधरी, महेन्द्र यादव, भीष्मराज आङ्देम्बे तथा पूर्वपदाधिकारी विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशाङ्क कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य नारायणप्रकाश साउद, रमेश लेखक, मीनबहादुर विश्वकर्मासहित नेता हुनुहुन्थ्यो । सभापति देउवाले महाधिवेशनका सन्दर्भमा सहमति गरेर निर्णय गर्न सुझाव दिनुभयो । बैठकमा सहभागी नेताले नियमित महाधिवेशन गरेर मध्यमार्गी ढङ्गले समाधान खोज्नुपर्ने बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.