एक्सक्लुसीभ

एक लाख ४६ हजारभन्दा बढी नयाँ मतदाता थपिए

काठमाडौँ । निर्वाचन आयोग नेपालले आज नयाँ मतदाता दर्ता विवरण सार्वजनिक गरेको छ। 

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ साल कात्तिक २१ गतेसम्म नयाँ दर्ता भएका कुल मतदाताको सङ्ख्या एक लाख ४६ हजार ६५७ जना छन् ।

यसमध्ये ८७ हजार हजार ९७४ जना पुरुष, ५८ हजार ६६३ जना महिला र अन्य २० जना छन्।

त्यसैगरी, कात्तिक २१ गते एकै दिन १० हजार ५९३ जना नयाँ मतदाता थपिएका छन् । जसमध्ये ६ हजार १०७ पुरुष, ४ हजार ४८४ महिला र अन्य २ जना थपिएको जानकारी प्रवक्ता भट्टराईले दिनुभयो ।

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता प्रक्रियालाई अझ सक्रिय र पारदर्शी बनाउन यस किसिमका तथ्यांकहरू सार्वजनिक गर्दै आएको छ।

आयोगका अनुसार मतदाता दर्ता प्रक्रिया भौतिक रूपमा आयोग कार्यालय तथा अनलाइनमार्फत समेत गर्न सकिन्छ। मतदाता दर्ता भएकाले मात्रै आगामी फागुन २१ को निर्वाचनमा आफ्नो मतदान अधिकार प्रयोग गर्न सक्नेछन्। नयाँ मतदाता नामावली संकलन गर्ने अवधि २०८२ कात्तिक ३० गतेसम्म छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.