एक्सक्लुसीभ

पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा कटौती

काठमाडौँ । सरकारले सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमबाहेकका सुविधा कटौती गरेको छ ।  

अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने सरकारको निर्णयबमोजिम उक्त सुविधा रोकिएको अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टङ्कप्रसाद पाण्डेयले बताउनुभयो । सरकार (मन्त्रीपरिषद्) ले २०८२ असोज ५ गते यस विषयमा निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधा मात्र प्रदान हुने छ ।

कानुनबमोजिमबाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न गराउनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरेको अर्थ मन्त्रालयका प्रवक्ता पाण्डेयले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्