डायस्पोरा

एनआरएनए स्लोभेनियाको अध्यक्षमा वीरमान श्रेष्ठ निर्वाचित

 

स्लोभेनिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्लोभेनियाको यसै साता सम्पन्न अधिवेशनले वीरमान श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन्। यसै साता सम्पन्न साधारणसभाबाट श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

यसैगरी उपाध्यक्ष: गुनाखर गैह्रे, महासचिवमा इकेश महर्जन, सचिवमा कृष्ण रानाभाट कोषाध्यक्षमा गणेश थापा
सह-कोषाध्यक्ष पदमा बद्री ढुङ्गाना निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरूमा क्रमश: वरिष्ठ सल्लाहकारमा ध्रुवनारायण घिमिरे र सदस्यहरुमा बासुदेव पन्थी, कुमार श्रेष्ठ, गीता बस्नेत, गौरव गैह्रे निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिले युवा, खेलकुद तथा संस्कृति क्लबको स्थापना र स्लोभेनियाका विभिन्न क्षेत्रहरूमा रहेका नेपाली समुदायलाई थप प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न ‘जिल्ला समन्वयकर्ताहरू’ नियुक्त गर्ने योजना तय गरेको छ ।

यसैगरी नया नेतृत्वले नेपाली भाषा र संस्कृति संरक्षणको लागि भाषा कक्षा तथा सांस्कृतिक कार्यक्रमहरू, आपतकालीन सहयोग कोष स्थापना र समुदायप्रति उत्तरदायी सेवा, विद्यार्थी तथा पेशागत व्यक्तिहरूको क्षमता विकास कार्यक्रम, नेपाल–स्लोभेनिया सम्बन्ध सुदृढ बनाउने पहल एकता, सहकार्य र समावेशी नेतृत्वको प्रवर्द्धन जस्ता थप योजना समेत सार्वजनिक गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्