अर्थ

यी हुन आर्थिक वर्ष ०८१/८२ मा धेरै कर तिर्ने कम्पनी तथा व्यक्तिगत करदाता

काठमाडौँ । सरकारले आर्थिक वर्ष ०८१/८२ मा धेरै कर तिर्ने कम्पनी तथा व्यक्तिगत करदातालाई  सम्मान गरेको छ ।

आन्तरिक राजस्व विभागले आज राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको हो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्मानित हुनेलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

बढी आयकर दाखिल गरेर सम्मानित हुनेमा सूर्य नेपाल प्रालि रहेको छ । त्यसैगरी एकलौटी फर्महरूमध्ये थर्ड आई रहेको छ । वस्तु निर्यातको कारोबारतर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालि सम्मानित भएका छन् ।

त्यसैगरी कृषि एवं पशुपक्षीजन्यमा ओसिबी एण्ड फुड्स फिड्स प्रा.लि. रहेका छन् । यस्तै बैङ्किङ क्षेत्रमा कारोबार गर्नेमा नबिल बैङ्क, स्वास्थ्य तथा शैक्षिकतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल,  पर्यटन व्यवसायतर्फ  सोल्टी होटल, वस्तु व्यापारको कारोबारमा सिजी इम्पेक्स प्रालि रहेको छ ।

यस्तै ५० करोडभन्दा बढी १०० करोडसम्म कारोबार गर्नेमा फुड एण्ड विभरेज टेक्नोलोजी रहेको छ । ऊर्जा उद्योगतर्फ भोटकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सफर तर्फ आईएमई लिमिटेड रहेको छ । यस्तै व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्नेमा राजबहादुर शाह रहनुभएको छ ।

विसं २०७७ देखि २०८३ सम्म बढी मूल्य अभिवृद्धि कर तिर्नेमा हिमालयन डिष्टिलरी लिमिटेड रहेको छ । रु ५० करोडसम्म वार्षिक कारोबार गर्ने  करदातामा इम्पेरियल सेक्युरिटिज, विशेष  उद्योगहरूमध्ये वरुण विभरेज, जीवन बीमा क्षेत्रमा संस्थामा लाइफ इन्स्योरेन्स कर्पोरेशन, निर्जीवनमा सिद्धार्थ प्रिमियर र  लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त रहेको छ ।

सोही अवसरमा मुलुकको राजस्वमा उच्च योगदान दिने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई विशेष सम्मान गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्