डायस्पोरा

जनसम्पर्क समिति अमेरिकाको सभापतिमा श्रेष्ठ निर्वाचित, संजालमा सिटौला र काँग्रेस केन्द्रिय सदस्यमा पौडेल

लस एन्जलस। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनबाट सञ्जीव श्रेष्ठ सभापति निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन जुममार्फत कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाले गरेका थिए ।

जुममार्फत सम्बोधन गर्दै देउवाले विदेशमा रहेर पनि नेपालीहरूले मातृभूमिको सेवा र देशको उन्नतिमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गरे । उनले विदेशमा रहेका नेपालीहरूको देशप्रतिको माया, सद्भाव र सहयोगप्रति विश्वास व्यक्त गरे ।

समूहको १५ औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पनि जुममार्फत सम्बोधन गरेका थिए । डा. कोइरालाले कांग्रेसले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका सबै महत्त्वपूर्ण आन्दोलनको नेतृत्व गरेको उल्लेख गर्दै इतिहासले दिएको गौरव र जिम्मेवारीलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताए ।

नेपाली काँग्रेसका नेताहरु र अमेरिकामा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको समितिको तेस्रो अधिवेशनको सभापतित्व संयोजक प्रमोद सिटौलाले गरेका थिए भने अधिवेशनको संयोजन नेपाली काँग्रेसका युवा नेता सिपि पौडेल र संचारकर्मी पुरुषोत्तम ढकालले संचालन गरेका थिए।

जनसम्पर्क समिति अमेरिकाको नव निर्वाचित सभापति संजिव श्रेष्ठ र उनको समुहले नेपाली काँग्रेसको १५ औं नियमित महाधिवेशनमा जनसम्पर्क विभाग विश्व संजालको अध्यक्षमा प्रमोद सिटौला र पार्टी केन्द्रिय सदस्यमा सिपि पौडेलको उम्मेदवारी सार्वजनिक गर्दै उनीहरुलाई निर्वाचित गराउन आग्रह गरको छ ।

उनले नेपालको समृद्धिको यात्रामा अमेरिकामा रहेका नेपालीहरूको साथ र सहयोग महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै पार्टीभित्र बृहत् एकता कायम गरी कांग्रेसलाई अझ बलियो र सशक्त पार्टी बनाउन सबैलाई आग्रह गरे ।

अधिवेशनबाट वरिष्ठ उपसभापतिमा फिलिप केसी र अधिवेशनबाट उपसभापतिमा अविनाश नायक, विनोद गौली, इन्द्र सिटौला, प्रेमकाजी श्रेष्ठ र रामबहादुर देउवा चयन भए।

महामन्त्रीमा शलिन बस्नेत र शिव ढकाल तथा सह–महामन्त्रीमा भरतराज जोशी, दीपा कार्की र श्याम यादव तथा सदस्यहरूमा वाजिन्द्र राना, विनोद शाह, जोश निदल, जोशम श्रेष्ठ, मिसन भट्टराई, नवराज भट्ट, पार्वती उपाध्याय, राधा ग्यावाली, राजकुमार श्रेष्ठ, राम ढकाल, रेनु बम्जन, उमा थापा र विश्व लामा चयन भएका छन् ।अविनाश नायक छानिए । महामन्त्रीमा विनोद गौली, इन्द्र सिटौला, प्रेमकाजी श्रेष्ठ र रामबहादुर देउवा चयन भए।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्