इमिग्रेशन अपडेट

स्पेनमा टिआइई कार्ड आवेदकहरूका लागि फिंगरप्रिन्टिङ समय स्वतः तोकिदिने पाइलट कार्यक्रम घोषणा

यो पाइलट कार्यक्रमको उद्देश्य औंठाछाप दिने अपोइन्टमेन्टहरूको हाल देखिएको अभावलाई सम्बोधन गर्नु हो। यदि यो कार्यक्रम सफल भएमा, यस्तो स्वचालित अपोइन्टमेन्ट प्रणाली अन्य भिसा श्रेणीहरूमा पनि विस्तार गरिने सम्भावना छ।

दिनेश गिरी, बार्सिलोना । स्पेनले एउटा पाइलट कार्यक्रम सुरु गरेको छ, जसअन्तर्गत भिसा स्वीकृत हुनेबित्तिकै ‘तार्हेता दे इदेन्तिदाद दे एस्त्रान्हेरो’ (टिआइई ) कार्डका लागि आवश्यक पर्ने फिंगरप्रिन्ट) दिने मिति र समय स्वतः तय हुन्छ।

स्वचालित प्रणालीमार्फत, भिसा सम्बन्धी निर्णय जारी भएको ४८ घण्टाभित्र सम्बन्धित भिसा श्रेणीका आवेदकहरूका लागि औंठाछाप (फिंगरप्रिन्टिङ) दिने समय (अपोइन्टमेन्ट) तोकिन्छ।

अपोइन्टमेन्टको मिति, समय र स्थान (जस्तै: प्रहरी कार्यालय) आवेदकलाई इमेल वा एसएमएस मार्फत पठाइन्छ। यदि आवेदक तोकिएको समयमा उपस्थित हुन नसक्ने भएमा, उनीहरूले निर्धारित मिति अगावै उक्त अपोइन्टमेन्ट रद्द गर्नुपर्नेछ; यसो गर्दा नयाँ अपोइन्टमेन्ट स्वतः तोकिनेछ।

यस पाइलट कार्यक्रममा आवेदकहरूले आफूलाई पायक पर्ने समय, मिति वा स्थान भने छनोट गर्न पाउँदैनन्। आवेदकहरूलाई टिआइई कार्ड प्राप्त गर्नमा ढिलाइ नहोस् भन्नका लागि आवेदकहरूले तोकिएको पहिलो अपोइन्टमेन्टकै समयमा उपस्थित हुन हरसम्भव प्रयास गर्न आग्रह गरिएको छ ।

यो पाइलट कार्यक्रमको उद्देश्य औंठाछाप दिने अपोइन्टमेन्टहरूको हाल देखिएको अभावलाई सम्बोधन गर्नु हो। यदि यो कार्यक्रम सफल भएमा, यस्तो स्वचालित अपोइन्टमेन्ट प्रणाली अन्य भिसा श्रेणीहरूमा पनि विस्तार गरिने सम्भावना छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्