डायस्पोरा

जनसम्पर्क समिति बेल्जियमको संयोजकमा रामप्रसाद ढुंगाना चयन

ब्रसेल्स। नेपाली कांग्रेस (देउवा समूह) को १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले पण्डित रामप्रसाद ढुंगानालाई नेपाली जनसम्पर्क समिति बेल्जियमको संयोजकमा मनोनयन गरेको छ।

नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजकद्वारा हस्ताक्षरित २०८३ कात्तिक १२ गतेको आधिकारिक पत्रमार्फत बुढानालाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

पत्रमा नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, मान्यता, राष्ट्रियता, सार्वभौमिकता, नागरिक स्वतन्त्रता, सामाजिक न्याय तथा संवैधानिक शासन व्यवस्थाप्रतिको प्रतिबद्धतालाई आत्मसात् गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ।

त्यसैगरी, प्रवासमा रहेका नेपाली कांग्रेसका शुभेच्छुक तथा कार्यकर्ताहरूलाई एकताबद्ध गर्दै संगठन विस्तार, आपसी सहकार्य र पार्टीको विचार तथा सिद्धान्तलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न जनसम्पर्क समितिको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरिएको छ।

बुढानालाई संयोजकको जिम्मेवारी दिँदै पत्रमा उनको नेतृत्वमा बेल्जियमस्थित नेपाली कांग्रेसको संगठन थप मजबुत, व्यवस्थित र प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ।

नवनियुक्त संयोजक बुढानाले प्रवासमा रहेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सम्पूर्ण नेपाली समुदायसँग सहकार्य गर्दै संगठनलाई एकताबद्ध र गतिशील बनाउने अपेक्षा गरिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्