मनोरंजन

अभिनेतृ निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधि

काठमाडौँ । नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेतृ निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधिबाट सम्मानित गरिने भएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार हुने ह्विस्पर मिसेस नेपाल वर्ल्ड–२०२६ को भव्य समारोहमा सिंहलाई उक्त उपाधि प्रदान गर्ने छ ।

नेपाली फिल्म क्षेत्रमा अभिनय कर्ममार्फत साढे तीन दशकभन्दा लामो समयदेखि उहाँले पुर्‍याउनुभएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको उच्च कदर गर्दै मानार्थ मिसेस नेपाल वर्ल्ड–२०२६ को उपाधिबाट सम्मान गर्न लागिएको आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी गराउनुभयो ।

यसअघि अभिनेतृहरू करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई मानार्थ मिसेस नेपाल वर्ल्डबाट सम्मानित गरिएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्