नेपाल

सर्लाहीमा ट्रक र इभी ठोक्किदा १२ जना घाइते

सर्लाही । पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा शनिबार ट्रक र इभी गाडी ठोक्किँदा १२ जना घाइते भएका छन् ।

सर्लाहीबाट पूर्व बर्दिवासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्वरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००२ ख १३२४ नम्वरको ट्रक ठोक्किँदा इभीमा सवार मानिसहरु घाइते भएका हुन् । दुर्घटनामा बाराको महागढीमाई नगरपालिका ६ का ४१ वर्षीय कामेश्वर सहनी, सोही नगरपालिकाको वडा नं. ९ का ४८ वर्षीय राजेन्द्र राम, बाराकै सुवर्ण गाउँपालिका ४ बस्ने ३७ वर्षीय रञ्जित राम, ४५ वर्षीय भवन राम, ४० वर्षीय रामदेव राम, ४० वर्षीय विनोद राम, ४७ वर्षीय रुदल राम, सुवर्ण गाउँपालिका ७ बस्ने ६३ वर्षीय हरिहर राम घाइते भएका छन् ।

त्यस्तै बाराकै कलैया उपमहानगरपालिका २६ बस्ने ३७ वर्षीय नन्दन राम, ३७ वर्षीय उमेश राम, बाराको पचरौता नगरपालिका ७ बस्ने ५५ वर्षीय रामसन्देश राम र बाराकै सिम्रौनगढ नगरपालिका ४ बस्ने ४० वर्षीय नवलकिशोर राम घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये सुवर्ण गाउँपालिका ४ बस्ने ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको छ । उहाँलाई थप उपचारका लागि एलएस न्यूरो अस्पताल कलैया पठायएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेका सवारी प्रहरी चौकी फूलजोरमा ल्याएर राखिएको छ । दुर्घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको इन्स्पेक्टर केसीले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्